काठमाडौं – ललितपुरको गोदावरीमा जारी महासमिति बैठक स्थलमा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा रहेको सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाअभियानले हस्ताक्षर अभियान चलाएको छ । जसमा नेपाली कांग्रेसका पूर्व महामन्त्री शशांक कोइरालाले पनि हस्ताक्षर गरेका छन् ।
अभियानमा सोमबार चार सय जना महासमिति सदस्यले हस्ताक्षर गरिसकेका छन् । सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाअभियानका संयोजक भण्डारीसहित २२ जना केन्द्रीय सदस्यले केन्द्रीय समिति बैठकमै हिन्दू राष्ट्र पुनर्स्थापनाको एजेण्डामाथि छलफलको माग गरेका थिए ।
प्रतिकृया दिनुहॊस