उपसभापति खड्काको नीति प्रस्ताव : जिम्मेवार नेपाली कांग्रेस, समुन्नत देश (पूर्णपाठ)

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गरेका छन् । ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा उपसभापतिले प्रस्ताव पेस गरेका हुन् ।

‘जिम्मेवार नेपाली कांग्रेस : समुन्नत देश’ नारा दिएर नेपाली कांग्रेसको राजनीतिक नीतिलाई अघि बढाइएको उपसभापति खड्काले जानकारी दिए । प्रस्ताव पेश गर्दै उपसभापति खड्काले कांग्रेसको आन्तरिक जीवन तथा राष्ट्रिय सन्दर्भमा उठेको प्रश्न र अप्ठ्याराहरूको समाधान खोज्न महासमितिले नीतिगत निर्णय गर्दै अघि बढ्ने बताए ।

उनले भने, ‘मुलुकका विभिन्न युगान्तकारी परिवर्तनमा कांग्रेसको सन्तुलित समन्वयकारी र सर्वस्वीकार्य राजनीतिक नेतृत्व भूमिका बिचार र नीति निर्णायक रहँदै आएको छ ।’ भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता अपनाउँदै आफ्ना हरेक गतिविधिलाई पारदर्शी बनाउने अठोट गर्नुपर्ने प्रतिवेदन पेश गर्दै उपसभापति पूर्णबहादुर खड्काले भनेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस