अमेरिका जाने आसमा ११ जना बन्धक, रातोपुलबाट उद्धार

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले अमेरिका लैजाने भन्दै काठमाडौँमा ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरेको छ ।

परिसरबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरूलाई गए राति काठमाडौँको रातोपुल क्षेत्रबाट उद्धार गरेको जिल्ला प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए ।

उनले भने, ‘हाम्रो परिसरको टोलीले अमेरिका लैजाने भन्दै काठमाडौँमा ल्याएर बन्धक बनाइएका भारतीय नागरिकको उद्धार गरेको छ, विस्तृत विवरण आज सार्वजनिक गरिने छ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मलाई पक्रन सरकारले दशैं कुरे जस्तो लाग्दैछ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी प्रकरणका विषयमा गलत नबुझ्न आग्रह गरेका छन् । मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा लाइभ आउँदै उनले भने, ‘सहकारी संस्थाको रकम अपचलन प्रकरणमा संसदीय छानविन विशेष समितिको प्रतिवेदनका विषयमा जे हो त्यही बुझौं, गलत नबुझौं–नबुझाऔ ।’

प्रतिकृया दिनुहॊस