काठमाडौं । वसन्त पञ्चमीको शुभ अवसरमा लजगा ह्यान्डिक्राफ्टले चावहिलको मैजुबहालमा आफ्नो नयाँ शोरूमको उद्घाटन गरेको छ ।

उद्घाटन समारोहमा काठमाडौं उपत्यकाको प्राचीन संस्कृति, जीवनशैली र इतिहासको अनौठो चित्रणका लागि मनाइएका नेपालका चर्चित वरिष्ठ कलाकार हरिप्रसाद शर्माको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै शर्माले लजगा हस्तकलाका सृजनाहरूले सम्पदालाई हाइलाइट गर्दै लैजाने विश्वास व्यक्त गरे ।

सो कार्यक्रममा बोल्दै लजगा हस्तकलाकी संस्थापक कल्पना श्रेष्ठले नेपाली पहिचानलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरिन । त्यस्तै कार्यक्रममा नेपाल इन्टरनेट फाउन्डेसनकी तजन्ना श्रेष्ठले आफ्ना चित्रकलाहरू समेत प्रदर्शन गरेकी थिइन् ।

लजगा ह्यान्डिक्राफ्टले नेपालको सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्न र स्थानीय कारीगरहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न सघाउने छ । शोरुममा उपलब्ध गरगहना र हस्तशिल्पको उत्कृष्ट संग्रहले कलाप्रेमी र फेसनका जानकारहरूलाई एकै किसिमले मोहित पार्ने लजगा ह्यान्डिक्राफ्टले अपेक्षा गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरवेजको दैनिक उडान

काठमाडौं । कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार कतार एयरलाइन्सले आजदेखि भैरहवामा दैनिक उडान भर्न लागेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए । कतार एयरवेजको भैरहवा उडान सांकेतिक रुपमा ठूलो उपलब्धि भएको उनले बताएका छन् ।

प्रतिकृया दिनुहॊस