अनुको मीठो बातमा यसरी भुले डिअार, हेर्नुहाेस् भिडियाे

काठमाडाैं । नायिका अनु शाह र डिआर अधिकारी अभिनित ‘तिम्रो मीठो बातमा’ गीत सार्वजनिक भएको छ । ओम सुनुवार र कविता श्रेष्ठको स्वरमा रहेको गीत ‘तिम्रो मीठो बातमा’ कविता श्रेष्ठको शब्द र ओम सुनुवारको संगीत रहेको छ ।

अर्जुन अधिकारीको निर्देशनमा बनेको उक्त गीतको भिडियोमा उत्सव दाहालको छायांकन, पदम  तिमिल्सिनाको सम्पादन रहेको छ । ओम सुनुवार र कविता श्रेष्ठको यसअघि नेपाली फिल्म झमक बहादुरमा समावेश रिमिक्स गीत ‘आमैले भन्थे’ बोलको गीत दर्शकले मन पराएका थिए ।

कोरियाबाट केही समयअघि म्युजिक भिडियोको अभिनयमा डेब्यु गरेका पोखरा स्थायी घर भएका मोडेल अधिकारीले यसलाई नै व्यवसायिक रुपमा अघि बढाउन लागिपरेका छन् ।

https://youtu.be/4HRbenwvJUM

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गायिका अल्का याज्ञिकको सुन्ने क्षमता गुम्यो

काठमाडौं । भारतकी गायिका अलका याज्ञिककाे सुन्ने क्षमता गुमेको छ । उनीलाई न्युरो रोग लागेको …

प्रतिकृया दिनुहॊस