बन्द भएको कालिगण्डकी जलयातायात स्टेम्बर संचालनमा

गुल्मी । असारको पहिलो हप्तादेखी बन्द भएको कालिगण्डकी जलयातायात स्टेम्बर संचालनमा आएको छ । कालिगण्डकी नदीमा पानीको बाहब बड्दै गएपश्चात जलयातायात बन्द भएको थियो ।

तीन जिल्लाको संगमस्थल गुल्मी, स्याङजा र पर्बतको मिर्मी आधिमुहानदेखि सेतीबेनी सम्मको ७ किलोमिटर जलयातायातबाट रमणीय यात्रा गर्न सकिन्छ भने ४५ मिनेटमा मिर्मी देखि सेतिबेणीसम्म पुग्न सकिन्छ । शिला शालीग्राम कालिगण्डकी  जलयातायात प्राली द्धारा संचालित १० वटा स्टेम्बरहरु संचालनमा रहेको स्टेम्बर व्यवसायी चित्र थापाले बताए ।

थापाका अनुसार मिर्मीदेखि सेतिबेनीसम्म ७ किलोमिटर जलयात्राको १०० रुपैयाँमा प्रतिव्यक्ति टिकट लिएर यात्रा गर्न सकिनेछ । पहिले जलयातायात गर्नेको भीड लाग्दथ्यो अहिले कालिगण्डकी करिडोर सँगै बिभिन्न ठाउँहरूबाट मोटरबाटो संचालनमा आएपश्चात आन्तरिक पर्यटकहरूले मात्र स्टेम्बर प्रयोग गर्ने गरेको थापाले बताए ।

पहिले गुल्मी, स्याङजा, पर्वत र बाग्लुङसम्मका व्यक्तिहरूले यात्रा गर्ने गर्दथ्ये अहिले जताततै मोटर बाटाहरू खुलेका कारण जलयात्रा गर्ने व्यक्तिहरूमा कमी आएको थापाले बताउँदै आएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बागमती मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । रामेछापको मन्थली नगरपालिका-३ स्थित …

प्रतिकृया दिनुहॊस