स्नातक र स्नातकोत्तर तहमा नेपालीमा पनि प्रश्न सोध्न त्रिविलाई दबाब

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अंग्रेजीसँगै नेपाली माध्यममा पनि प्रश्न सोध्न दबाब बढेको छ। नेपाली माध्यममा प्रश्न नहुँदा विद्यार्थीहरूले उत्तर लेख्न नसकेको गुनासो ‘हेलो सरकार’मा परेको खबर आजको नयाँ पत्रिका दैनिकमा भवानीश्वर गौतमले लेखेका छन्। त्रिविका कतिपय केन्द्रीय विभागहरूले नेपाली माध्यममा उत्तर लेख्न समेत नपाउने व्यवस्था गरेका छन्।

आर्थिक वर्ष ०७५-०७६ को पहिलो तीन महिनामा त्रिविमा आएका अधिकांश गुनासा परीक्षासँग सम्बन्धित छन् । त्रिवि केन्द्रीय कार्यालयका अनुसार प्राप्त भएका प्रश्न र जिज्ञासा अधिकांश परीक्षासँग सम्बन्धित छन् । ‘हेलो सरकार’का गुनासो परीक्षा नियन्त्रण कार्यालयमा पढाएर सम्बोधन भए पनि भने विद्यार्थीको गुनासा भने सम्बोधन भएका छैनन्।

‘त्रिविअन्तर्गतका स्नातक र स्नातकोत्तर तहमा नेपाली माध्यममा उत्तर लेख्न पाइने भन्ने निर्णय स्वागतयोग्य छ । तथापि, उत्तर नै लेख्न पाउने भएपछि प्रश्नपत्र पनि अंग्रेजी र नेपाली दुवै माध्यममा हुनुपर्ने होइन र ?,’ डिल्ली कट्टेलले ट्विटरमार्फत ३१ साउनमा गुनासो लेखेका छन्, ‘मेरो प्राध्यापनको अनुभवबाट पनि यो टड्कारो समस्या हो, किनकि प्रश्न नबुझेकै कारण उत्तर लेख्न नसकेको प्रस्ट अनुभव परीक्षा हलमा निरीक्षक बस्दा पनि हुन्छ । यसतर्फ सम्बन्धित पक्षको ध्यान जान जरुरी छ ।’

त्रिविका नोदनाथ त्रितालका अनुसार तीन महिनामा परीक्षा र भाषा माध्यममा धेरै गुनासो आएको बताए । अधिकांशले ‘त्रिविको स्नातक र स्नातकोत्तर तहको परीक्षामा नेपाली र अंग्रेजी माध्यमबाट लेख पनि पाउने, तर प्रश्नचाहिँ किन अंग्रेजीमा मात्र?’ भन्ने प्रश्न गरेका छन् । रोहित नाम गरेकाले ट्विटरमै ८ साउनमा गुनासो लेखेका छन्, ‘त्रिविमा स्नातक तहमा प्रश्नपत्र अंग्रेजीमा मात्र सोध्नुपर्ने कारण भए जानकारी पाऊँ । होइन भने नेपालीमा समेत प्रश्न सोध्ने व्यवस्था गरियोस् ।’

त्रिवि शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीले अंग्रेजीसँगै नेपाली माध्यममा पनि प्रश्न सोध्नुपर्ने धेरै गुनासा आएको बताइन्। अंग्रेजीसँगै नेपाली माध्यममा पनि प्रश्न सोध्ने व्यवस्थाका लागि आफूले पहल गरेको उनको भनाइ छ । ‘अंग्रेजीमा सोधेर मात्र गुणस्तर बढ्ने होइन, दुवै माध्यममा प्रश्न सोध्नुपर्छ, सामुदायिकमा पढेर आएकाहरूले प्रश्न नबुझेर उत्तर लेख्न नसकेको पाइएको छ,’ उनले भनिन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि लामिछानेविरुद्ध तीनवटा कसुरमा मुद्दा चलाउने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध तीनवटा गम्भीर कसुरमा मुद्दा चलाउने तयारी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अघि बढाउने प्रक्रिया थालिसकेको हो । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सहकारी छानविन समितिको प्रतिवेदन प्राप्त भएपछि प्रहरीले जिल्ला स्तरमा मुद्दा दर्ता गर्नेछ ।

प्रतिकृया दिनुहॊस