नेपाल बैङ्कको एक्सटेन्सन काउन्टर स्थापना

काठमाडाैं । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा नेपाल बैङ्क लिमिटेडको एक्सटेन्सन काउन्टर स्थापना भएको छ । फुङ्लिङ नगरपालिका कार्यालयसँगै रहनेगरी नेपाल बैङ्क लिमिटेडको एक्सटेन्सन काउन्टर ताप्लेजुङ शाखा स्थापना गरिएको हो ।

फुङ्लिङ नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझाले एक्सटेन्सन काउन्टरको सोमबार बिहान उद्घाटन गरिन् । नगरपालिका कार्यालयमा एक्सटेन्सन काउन्टर शाखा स्थापनासँगै सोमबारदेखि सेवा सुरु गरिएको छ । नेपाल बैङ्क लिमिटेड ताप्लेजुङ शाखाकी प्रमुख वसुन्धरा आचार्यका अनुसार एक्सटेन्सन काउन्टर शाखामार्फत कर्जा बाहेकका सबै सेवाहरू प्रवाह हुनेछ ।

नेपाल बैङ्क लिमिटेडका अनुसार एक्सटेन्सन काउन्टरमार्फत फुङ्लिङ नगरपालिकाभित्रका उपभोक्ता समिति र व्यक्तिगत दुवै किसिमका खाताहरू सञ्चालन गरी आर्थिक कारोबार हुने बताइएको छ । यस्तै, एक्सटेन्सन काउन्टर शाखा स्थापना भएको नगरपालिका कार्यालय आसपासका अन्य सेवाग्राहीले पनि सेवा लिन सक्ने बैङ्कले जनाएको छ ।

नेपाल बैङ्क लिमिटेड कोशी प्रदेशका मुख्य प्रबन्धक सूर्यप्रकाश भट्टका अनुसार कोशी प्रदेशमा फुङ्लिङ नगरपालिका बाहेक यसअघि तेह्रथुमको म्याङ्लुङ नगरपालिका र झापाको मेचीनगर नगरपालिकामा एक्सटेन्सन काउन्टर स्थापना गरी सेवा सञ्चालनमा आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकद्वारा ४.२१ प्रतिशत लाभांश स्वीकृत

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ४.२१ प्रतिशत लाभांश स्वीकृत गरेको …

प्रतिकृया दिनुहॊस