काठमाडौं । कालिकोटकाे रास्कोट नगरपालिका-९ बालुखेत बस्ने देवराज उपाध्यायको १८ महिनाको छोराको डुबेर मृत्यु भएको छ । आइतबार दिउँसो १८ महिने होमराज उपाध्यायको शौचालयमा राखिएको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको हो ।
डुबेर अशक्त भएका उनको रास्कोट नगर अस्पताल गौतुकोटमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।
तपाईंको प्रतिकृया




