एनआइबिएल स्टेबल फण्डमा ७ करोड ८५ लाखभन्दा बढी इकाइका लागि आवेदन

काठमाडाैं । एनआइबिएल स्टेबल फण्डको इकाइ माघ २ गतेदेखि बिक्री खुला भएको छ।

एनआइएमबी एस क्यापिटलको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको कोष प्रवर्द्धनमा रहेको एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत एनआइबिएल स्टेबल फण्ड बन्दमुखी योजनाको १ अर्ब रूपैयाँ बराबरको १० करोड इकाइ प्रति इकाइ १० अंकित मूल्यका दरमा बिक्री खुला गरेको हो।

उक्त निष्कासनमा शुक्रबार दिउँसो १२:३० बजेसम्ममा ३५ हजार ३३५ जना आवेदकहरूद्वारा ७ करोड ८५ लाख ८१ हजार ५२० इकाइ खरिदका लागि आवेदन प्राप्त भएकोमा १ करोड ३० लाख ६० हजार ८७० इकाइहरू रद्द भएको छन्।

यस निष्कासन माघ २ गतेदेखि छिटोमा माघ ५ गतेसम्मका लागि खुला गरिएकोमा उक्त अवधिभर माग बमोजिम आवेदन प्राप्त नभएकाले माघ १६ गतेसम्मका लागि आवेदन मिति थप गरिएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंक र होटल ली हिमालय बीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लाजिम्पाट, काठमाडौँ स्थित होटल ली हिमालय बीच सिटिजन्स …

प्रतिकृया दिनुहॊस