काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सहारा एकेडेमी पोखराद्वारा पोखरा-१७ दोबिल्लामा सञ्चालित सहारा फुटबल एकेडेमीलाई विगत वर्षमा गर्दै आएको सहयोगलाई निरन्तरता दिँदै आर्थिक सहयोगस्वरूप दुई लाख ४४ हजार आठ सय रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
बैंक सञ्चालक समिति सदस्य रामचन्द्र सिग्देलले सहारा क्लबका अध्यक्ष केशवराज बराललाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो । सिग्देलले सहारा एकेडेमीमा आश्रित बालबालिकालाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
प्रतिकृया दिनुहॊस