आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

आजको पञ्चाङ्ग
वि.सं.
माघ ०८, २०८० । ई.सं. 22 Jan, 2024 । शक संवत् १९४५ । नेपाल संवत् ११४४ पोहेलाथ्व । पिङ्गल उत्तरायण शिशिर । सोमबार पौष शुक्लपक्ष । तिथि द्वादशी २०:४९ बजेसम्म, त्यसपछी त्रयोदशी । नक्षत्र मृगशिरा ०६:०१ बजेसम्म, त्यसपछी आर्द्रा । योग ब्रह्म १०:३९ बजेसम्म, त्यसपछी ऐन्द्र । करण वव ०८:५७ बजेसम्म, त्यसपछी वालव २०:४९ बजेसम्म, त्यसपछी कौलव । चन्द्रराशि वृष । आनन्दादि योग आनन्द । दिनमान १०:३७ । सूर्योदय ६:५७ । सूर्यास्त १७:३४ मुस्याडुली । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध अझै कसिलो हुनेछ । विद्या र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज सामान हराउने वा चोरी हुने सम्भावना छ । साझेदारी काममा उल्झन आउन सक्छ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । राजनैतिक क्षेत्रमा सफलता पाइएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) महत्त्वपूर्ण कामको योजना बन्नेछ । सामाजिक क्षेत्रबाट सफलता पाइएला । आफ्नो परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज नयाँ अवसरहरू आउनाले मन प्रसन्न रहनेछ । स्वादिष्ट भोजनको यो छ । साथीभाइहरूले पनि राम्रै सहयोग जुटाउनेछन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । सहकर्मीबाट विरोध पनि आउन सक्छ । खर्चसमेत बढ्ने योग छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज पुरानो समस्या सुल्झाउन सकिनेछ । देश र सामाजिक हितमा मन जानेछ । अध्ययन र अध्यापनको कार्य अघि बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । धार्मिक र सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । पुराना योजना बिस्तारै अघि बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा भने त्यति राम्रो नहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) साथीभाइबाट आश्वासन प्राप्त भएपनि सहयोग नमिल्ला । पारिवारिक जीवनमा सामान्य विवाद बन्न सक्छ, तर वैदेशिक कार्य अघि बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ, तर व्यापार व्यवसायबाट धनलाभ भने हुनेछैन । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री