त्रिविले सच्याएको कार्यविधिमा के छ ? (कार्यविधिसहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले नयाँ कार्यविधि लागू गरी आज दोस्रोपटक दरखास्त आह्वान गरेको छ । समितिले यसअघि प्रकाशित विज्ञापनको प्रावधान सच्याएर आज दोस्रोपटक विज्ञापन प्रकाशित गरेको हो ।

खुला प्रतिस्पर्धाको माध्यमबाट उपकुलपतिमा नियुक्तिका लागि सिफारिस गर्न सिफारिस समितिको बैठकको व्यवस्थापन, उम्मेदवार छनोटका आधार तथा सिफारिससम्बन्धी कार्यलाई व्यवस्थित गर्न कार्यविधि बनाइएको हो ।

कार्यविधिमा त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि उम्मेदवारको न्यूनतम योग्यता तोकिएको छ । जसअनुसार मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेको, प्रचलित कानुनबमोजिम स्थापित विश्वविद्यालयको प्राध्यापक पदमा नियुक्त भई सो पदको अनुभव हासिल गरेको, प्रचलित कानुनबमोजिम सार्वजनिक पदमा नियुक्तिका लागि अयोग्य नरहेको हुनुपर्नेछ ।

यस्तै, त्रिभुवन विश्वविद्यालयसँग कुनै स्वार्थ नबाझिएको र दरखास्त दिनु तत्कालअघि कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने उल्लेख छ । दरखास्त पेस गर्दा प्रचलित कानुनबमोजिम सार्वजनिक पदमा नियुक्तिका लागि अयोग्य नभएको र हाल कुनै राजनीतिक दलको सदस्य नरहेको स्वघोषणापत्र चाहिने कार्यविधिमा उल्लेख छ ।

यस्तै, त्रिभुवन विश्वविद्यालयसँग कुनै स्वार्थ नबाझिएको व्यहोरा खुलेको स्वघोषणा पत्र पनि आवेदकले बुझाउनुपर्नेछ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दोस्रोपटक आज दरखास्त आह्वान गरेको हो ।

समितिको आइतबार बसेको बैठकले उपकुलपति छनोटसम्बन्धी कार्यविधि परिमार्जन गरेपछि आज दोस्रोपटक दरखास्त आह्वानसम्बन्धी सूचना प्रकाशन भएको हो । समितिले यसअघि पहिलोपटक पुस २० गते सार्वजनिक गरेको सूचनामा विश्वविद्यालयको पदाधिकारीमा न्यूनतम तीन वर्ष काम गरेको व्यहोरो खुलाउनुपर्ने विषयसमेत समेटिएपछि आलोचना भएको थियो ।

त्यसपछि प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले उक्त प्रावधान हटाउन निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि समितिले पहिलोपटक प्रकाशन गरेको विज्ञापन रद्द गरी आज प्रावधान सच्याएर दोस्रोपटक सूचना निकालेको हो ।

हेर्नुहाेस् कार्यविधि : कार्यविधि

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सन्दीपले पाए अमेरिकाको भिसा

काठमाडौँ  । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामछिानेले अमेरकिाको भिसा पाएका छन्। नेपालस्थति अमेरिकी …

प्रतिकृया दिनुहॊस