काठमाडौं । नेपाल विज्ञापन संघ (आन)ले नयाँ कार्यसमिति चयन गरेको छ । २४औँ वार्षिक साधारणसभाबाट संघले सहमति र निर्वाचनबाट ११औँ कार्यसमिति चयन गरेको हो ।
पदाधिकारीहरुमा कोषाध्यक्षबाहेक अन्य पदाधिकारीहरु निर्विरोध निर्वाचित र सदस्य सात जना निर्वाचत भएका छन् । संघको नवनिर्वाचित अध्यक्ष थापाको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ ।
संघका पदाधिकारी तथा सदस्यहरुले शपथ समेत लिइसकेका छन् । संघको निर्वाचनबाट सवै विज्ञापन क्षेत्रको प्रतिनिधित्व रहेको छ । यो कार्यसमिति तीन वर्षको लागि निर्वाचित भएको हो ।
को को निर्वाचित?
| १. अध्यक्ष | सुदिप थापा | निर्विरोध निर्वाचित |
| २. प्रथम उपाध्यक्ष | उजय शाक्य | निर्विरोध निर्वाचित |
| ३. द्वितीय उपाध्यक्ष | पंकज लाल प्रधान | निर्विरोध निर्वाचित |
| ४. महासचिव | कृष्ण प्रसाद घिमिरे | निर्विरोध निर्वाचित |
| ५. कोषाध्यक्ष | साजन श्रेष्ठ | निर्वाचित |
| ६. सचिव | सन्तोष खड्का | निर्विरोध निर्वाचित |
| ७. | अरुणकाजी स्थापित | निर्विरोध निर्वाचित |
| ८. | रोशन रेग्मी, आरसि | निर्वाचित |
| ९. | सन्तोष सिलवाल गिरी | निर्वाचित |
| १०. | दिपेन्द्र पौडेल | निर्वाचित |
| ११. | विधान राजभण्डारी | निर्वाचित |
| १२. | रोशन पौडेल | निर्वाचित |
| १३. | मनिस अधिकारी | निर्वाचित |
| १४. | प्रभात रिमाल | निर्वाचित |
तपाईंको प्रतिकृया




