विज्ञापन संघको अध्यक्षमा सुदिप थापा, यस्तो बन्यो कार्यसमिति

काठमाडौं । नेपाल विज्ञापन संघ (आन)ले नयाँ कार्यसमिति चयन गरेको छ ।  २४औँ वार्षिक साधारणसभाबाट संघले सहमति र निर्वाचनबाट ११औँ कार्यसमिति चयन गरेको हो ।

पदाधिकारीहरुमा कोषाध्यक्षबाहेक अन्य पदाधिकारीहरु निर्विरोध निर्वाचित र सदस्य सात जना निर्वाचत भएका छन् । संघको नवनिर्वाचित अध्यक्ष थापाको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ ।

संघका पदाधिकारी तथा सदस्यहरुले शपथ समेत लिइसकेका छन् । संघको निर्वाचनबाट सवै विज्ञापन क्षेत्रको प्रतिनिधित्व रहेको छ । यो कार्यसमिति तीन वर्षको लागि निर्वाचित भएको हो ।

को को निर्वाचित? 

१. अध्यक्ष सुदिप थापा निर्विरोध निर्वाचित
२. प्रथम उपाध्यक्ष उजय शाक्य निर्विरोध निर्वाचित
३. द्वितीय उपाध्यक्ष पंकज लाल प्रधान निर्विरोध निर्वाचित
४. महासचिव कृष्ण प्रसाद घिमिरे निर्विरोध निर्वाचित
५. कोषाध्यक्ष साजन श्रेष्ठ निर्वाचित
६. सचिव सन्तोष खड्का निर्विरोध निर्वाचित
७. अरुणकाजी स्थापित निर्विरोध निर्वाचित
८. रोशन रेग्मी, आरसि निर्वाचित
९. सन्तोष सिलवाल गिरी निर्वाचित
१०. दिपेन्द्र पौडेल निर्वाचित
११. विधान राजभण्डारी निर्वाचित
१२. रोशन पौडेल निर्वाचित
१३. मनिस अधिकारी निर्वाचित
१४. प्रभात रिमाल निर्वाचित

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भिभोको भिभो भी-४० लाईट सार्वजनिक

काठमाडौं । भिभोले नयाँ स्मार्टफोन भिभो भी-४० लाईट सार्वजनिक गरेको छ । भी सिरिजकोे पछिल्लो …

प्रतिकृया दिनुहॊस