काठमाडाैं । प्रभु इन्स्योरेन्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सञ्चित बज्राचार्य पुनः नियुक्त भएका छन् । २०८० माघ १ गतेदेखि लागु हुने गरी ४ वर्षको लागि कम्पनीको पुनः उनलाई सीईओमा नियुक्त गरेको हो ।
बज्राचार्य यसअघि पनि सोही कम्पनीका कार्यकारी प्रमुख रहेका थिए। तर नयाँ बीमा ऐन जारी भएपछि प्रभु इन्स्योरेन्समा यो उनको पहिलो नियुक्त हो । बज्राचार्यसँग बीमा क्षेत्रकोे करिब दुई दशकको कार्यानुभव छ ।
त्यसअघि उनी विभिन्न सरकारी तथा गैरसरकारी संघ/संस्थाहरुमा १० वर्षभन्दा बढीको कार्यानुभव लिएका थिए । बज्राचार्यले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् । बीमा तथा अर्थजगतका कुशल व्यवस्थापकका रूपमा परिचित छन्।
प्रतिकृया दिनुहॊस