१८औँ वर्षमा मुक्तिनाथ विकास बैंक, राष्ट्रिय आविष्कार केन्द्रलाई पाँच लाख सहयोग

काठमाडाैं ।  मुक्तिनाथ विकास बैंक लिमिटेडले १७औँ वर्ष पार गरी १८औँ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरू गरेको छ। यसै अवसरमा बैंकले बृहत् रक्तदान, विभिन्न सामाजिक कार्यहरू र बैंकमा १० वर्षभन्दा लामो समयसम्म कार्यरत १३५ कर्मचारीहरूलाई सम्मान गरेको छ।

वार्षिकोत्सवको अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महावीर पुनद्वारा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रलाई ग्रिन इनर्जी, वातावरण संरक्षण तथा प्लास्टिक रिसाइकलको लागि रु ५ लाखको आर्थिक सहयोग गरेको छ।

यसैगरी, बैंकका क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालयमा सञ्चालित बृहत् रक्तदान कार्यक्रममार्फत १६६ युनिट रगत संकलन गरेको छ।

बैंकले देशका क्षेत्रीय तथा शाखा कार्यालयहरूमार्फत गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण, दृष्टिविहीन नागरिकहरूलाई सेतो छडी वितरण, अनाथालय, बाल आश्रम तथा वृद्धाश्रममा विभिन्न सामग्री वितरण, फोहोरमैला व्यवस्थापनको लागि डस्टबिन वितरण र वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ साक्षरताजस्ता कार्यक्रमहरू सञ्चालन गरेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंकका ग्राहकहरूलाई गोल्ड जिममा ५० प्रतिशतसम्मको छुट

काठमाडौँ । सिद्धार्थ बैंक र गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रा. लि. बिच बैंकका ग्राहकलाई विभिन्न …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds