फाइल फोटो

रुसी सेनामा भर्ना भएका थप तीन नेपालीको मृत्यु (नाम/ठेगाना)

काठमाडौं । रुसी सेनामा भर्ना भएका थप तीन जना नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो । उनीहरुको रुस-युक्रेन युद्धमा मृत्यु भएको हो ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मृत्यु हुनेमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धार्दिङका राजकुमार गिरी रहेका छन् । योसँगै रुस-युक्रेन युद्धमा गएर मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ ।

जसमा स्याङ्जाको पुतलीबजार-५ का प्रितम कार्की, इलाम-५ का गंगाराज मोक्तान, दोलखाको मेलुङ गाउँपालिका-६ का राजकुमार कार्की, कपिलवस्तुको वाणगंगा-१ का रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दन सिंह नागल छन् ।

रुसी सेनामा भर्ती भएर युक्रेनी फौजले ४ जना नेपालीलाई कब्जामा लिएका छन् । उनीहरूलाई छुटाउने सम्बन्धमा परराष्ट्रले गृहकार्य गरिरहेको छ । मंसिर १८ मा मारिएका धादिङका पूर्णबहादुर गुरूङको सम्बन्धमा हालसम्म कुनै पनि आधिकारिक सूचना मन्त्रालयले बाहिर ल्याएको छैन । गुरुङको परिवारले भने उनको काजकिरिया गरिसकेको छ ।

परराष्ट्रमन्त्री एनपी साउदीले रुसी सेनामा भर्ना भएकामध्ये १०० जना सम्पर्कविहीन रहेको निवेदन आफूहरुलाई प्राप्त भएको सार्वजनिक रूपमै बताइसकेका छन् । त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा भर्ना हुन नेपालका करिब २०० जना भर्ना हुन गएको उल्लेख गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस