जापान एयरलाइन्सको विमान अवतरणका क्रममा ठोक्किँदा भीषण आगलागी, पाँच जनाको मृत्यु

टोकियो । जापानको राजधानी टोकियोको हानेदा विमानस्थलमा यात्रु विमान अवतरणको क्रममा कोस्ट गार्डको विमानसँग ठोक्किएपछि विमानमा आगो लागेको छ । यस घटनामा कोस्ट गार्डको विमानमा रहेका ६ चालक दलका सदस्यमध्ये ५ जनाको मृत्यु भएको हो ।

बीबीसीकाअनुसार पाइलट भने विमानबाट बाहिर निस्किन सफल भएका थिए । जापान एयरलाइन्सका एक प्रवक्ताले यात्रुवाहक विमान ३६७ यात्रु र १२ जना चालक दलका सदस्यसहित अवतरण गर्ने क्रममा सो घटना भएको थियो । विमानबाट सबैलाई सकुशल बाहिर निकालिएको छ ।

कोस्ट गार्डको विमानले भूकम्प प्रभावित क्षेत्रमा अत्यावश्यक सामान पुर्‍याउन गइरहेको थियो । जापानको यातायात मन्त्रालयले यस विषयमा अनुसन्धान गरिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल टेलिकमकी नवनियुक्त प्रबन्ध निर्देशकद्वारा पदभार ग्रहण

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)की नवनियुक्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले पदभार …

प्रतिकृया दिनुहॊस