विवाहको एक घण्टामै बेहुला-बेहुलीको निधन

काठमाडाैं । अमेरिकाको टेक्सासमा बिहे गरेर फर्किँदै गरेका एक जोडीको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । विवाह सकेर विवाहस्थलबाट हेलिकप्टरमा उडेका नवविवाहित जोडीको स्थानीय समय अनुसार शनिबार अबेर राति भएको दुर्घटनामा निधन भएको स्थानीय अधिकारीले बताएका छन् ।

साम ह्युस्टन स्टेट युनिभर्सिटीमा अध्ययनरत विल बायलर र बेली एकर्म्यान बायलरको हेलिकप्टर दुर्घटनामा निधन भएको हो । उनीहरुको निधन सम्बन्धी खबर पहिलोपटक युनिभर्सिटीको स्टुडेण्ड न्युजपेपरले दिएको थियो  ।

सामाजिक सञ्जालमा उनीहरुको विवाहमा सहभागी भएका साथीहरुले विवाहको तस्बिरसहित श्रद्धाञ्जली अर्पण गरेका छन् । हेलिकप्टरका पाइलटको पनि निधन भएको छ । विल र बेली विवाह सकेर हेलिकप्टर मार्फत घर फर्किँदै थिए ।

विवाहको एक घण्टा भित्रै उनीहरु चढेको हेलिकप्टर बायलर परिवारको खेलमा दुर्घटनाग्रस्त भयो । यो घटना टेक्सासको दक्षिणी क्षेत्रमा भएको हो । विलले विश्वविद्यालयमा एग्रिकल्चरल इन्जिनियरिङ्ग पढ्दै थिए ।

यस्तै बेलीले एग्रिकल्चरल कम्युनिकेशन अध्ययनरत थिइन् । उनीहरु विश्वविद्यालयको अन्तिम वर्षको अध्ययनमा थिए । दुर्घटनाको खबर आइतबार बिहान मात्रै थाहा भएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माईपेको दसैँ मेला, कारोबार गर्दा स्कुटरदेखि आईफोनसम्म जित्न सकिने

काठमाडौं । डिजिटल वालेट माईपेले दसैँ, तिहार र छठलाई मध्यनजर गर्दै ‘माईपे मेला : चाडबाडको …

प्रतिकृया दिनुहॊस