काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको हो ।
तेजाबी सुन तोलामा १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको हो ।
तपाईंको प्रतिकृया




