छतबाट खसेका अनुसन्धान विभागका असईको निधन

काठमाडौँ । कैलालीमा घरको छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान सहायक (असई)को निधन भएको छ । धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोल बस्ने अनुसन्धान सहायक रवीन्द्र (रमेश) भट्टको धनगढीस्थित निसर्ग हस्पिटलमा उपचारका क्रममा निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता कुलदिप चन्दले भट्टको निधन भएको जानकारी दिए । उनी मंगलबार बिहान आफ्नै घरको छतबाट खसेर घाइते भएका थिए ।

बेहोस अवस्थामा उद्धार गरिएका भट्टको घाँटीको पछाडिको हड्डी भाँचिएको थियो । भट्ट राष्ट्रिय अनुसन्धान विभागको महेन्द्रनगरमा अनुसन्धान सहायकका रुपमा कार्यरत थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारी ठगी प्रकरण : रवि लामिछानेको आजको बयान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको काठमाडौंमा शुक्रबारको बयान सकिएको छ । …

प्रतिकृया दिनुहॊस