हिमालयन रिको आईपीओका लागि आवेदन दिने अवधि थपियो

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडाैँ । हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिन पाइने अवधि लम्ब्याइएको छ। सुरुमा आज आइतबारसम्म आवेदन दिन आह्वान गरेको कम्पनीले पूर्ण संख्यामा आवेदन नपरेसम्मका लागि दिने अवधि लम्ब्याएको हो।

पुस ११ गतेसम्म आवेदन दिन सकिने तर त्यसअगावै सम्पूर्ण रूपमा आवेदन परेमा बीचमै आवेदन लिन बन्द गरिने हिमालयन रिइन्स्योरेन्सले जनाएको छ।

सर्वसाधारणबाट कूल २ करोड ४९ लाख कित्ता सेयरका लागि आवेदन माग गरिएकामा शनिबार साँझ ५ बजेसम्म २ करोड ८ लाख ९५ हजार ७६० कित्ताको प्रस्ताव परेको कम्पनीले जनाएको छ। अझै झन्डै ४१ लाख कित्ताका लागि आवेदन परेपछि मात्रै आवेदन लिन बन्द हुने बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ।

शनिबार साँझ ५ बजेसम्म कूल ११ लाख ५६ हजार ४३४ जनाले आईपीओका लागि आवेदन दिएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री