हरिवंशले ल्याए चेलीबेटी बेचबिखनसम्बन्धी गीत ‘हिड माया हिड’ (भिडिओ)

काठमाडौं । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यको स्वरमा रहेको गीत ‘हिँड माया हिँड’ सार्वजनिक भएको छ । हरिवंशकै शब्द, संगीत रहेको चेलीबेटी बेचबिखनसम्बन्धी गीत ‘हिँड माया हिँड’को भिडियो सार्वजनिक भएको हो । माइती नेपालको प्रस्तुति रहेको गीतमा हरिवंशलाई गायिका स्मिता दाहालले स्वरमा साथ दिनुभएको छ ।

‘चेलीबेटी बेचबिखनसम्बन्धी समस्या हाम्रो देशको नियतिजस्तै भइसक्यो । पहिले चेलीबेटीहरूलाई भारतमा लगेर बेचिन्थ्यो, अहिले त्यो खाडी मुलुकसहित अफ्रिकालगायत अन्य मुलुकतिर पनि सरेको छ’ हरिवंशले भन्नुभयो ‘यो चेलीबेटी बेचबिखनसम्बन्धी जनचेतनामूलक गीत हो ।’ मसाज सेन्टर या डान्सबारको काम भनेर लाने तर त्यहाँ पुर्‍याएपछि देह व्यापारमा लगाउने, यातना दिनेलगायतका समस्या बढिरहेका छन् । त्यही कथा गीतमा छ ।

साहस शाक्यको एरेञ्ज रहेको गीतको भिडियोमा हरिवंशसँगै कलाकारहरू प्रियंका कार्की, कविता न्यौपाने, बालकृष्ण ओलीलगायतको अभिनय छ । गम्भीर विष्टको निर्देशन रहेको गीतको भिडियोमा पवन सुस्लिङको छायांकन र प्रवीण भट्टको सम्पादन छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेसले युएईमा ‘उत्सव र उमंग, सिटी एक्स्प्रेससँग’ सांगीतिक कार्यक्रम गर्दै

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले मे १९ मा युएईस्थित बरदुबईको एसके सेभेन क्लबमा साङगितिक …

प्रतिकृया दिनुहॊस

This will auto close after