आईएमई लाइफ इन्स्योरेन्सद्वारा भक्तपुर शाखा स्तानान्तरण

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सद्वारा भक्तपुर नगरपालिका–१ स्थित नगरकोट रोड, सल्लाघारी सपिरू कम्प्लेक्समा रहेको भक्तपुर शाखा कार्यालय करिव ४०० मिटर अगाडी सिर्जनानगर चोकमा स्तानान्तरण गरिएको छ।

उक्त स्तानान्तरित शाखा कार्यालयको उद्घाटन शुक्रबार भएको छ। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालले शाखा कार्यालय उद्घाटन गरे।

कार्यक्रममा कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्य, नेफ्स्कुनका सञ्चालक सदस्य तथा पारिजात साकोसका अध्यक्ष टंकराज काफ्ले लगायत अन्य कर्मचारीहरु, एजेन्सी म्यानेजरहरु, अभिकर्ताहरु र स्थानीयको उपस्थिति रहेको थियो।

नयाँ स्थानमा शाखा कार्यालय स्थानान्तरण सँगै कम्पनीका सेवाग्राहीहरुले थप सहज र गुणस्तरीय सेवा सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप