नबिल बैंकको स्टक डिलर धितोपत्र कारोबारको शुभारम्भ

काठमाडौं । नबिल बैंक लिमिटेडले स्टक डिलर धितोपत्र कारोबारको शुभारम्भ गरेको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच बैंकको सहायक कम्पनी नबिल स्टक डिलर लिमिटेड र स्टक डिलर धितोपत्र कारोबारको शुभारम्भ नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले गरे ।

बैंकले ३ अर्ब रुपैयाँको (९% नबिल डिबेन्चर २०८७’) ऋणपत्र निष्कासन गरेको छ । प्रतिइकाई १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँको ३० लाख इकाई ऋणपत्र निष्कासन गरेको छ । जसमा १८ लाख इकाई बैंकले विभिन्न संघ संस्थालाई बिक्री गर्ने जनाएको छ ।

बाँकी रहेको १२ लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ । त्यसबाट ६० हजार कित्ता सामूहिक लगानी कोषको लागि छुट्याएको छ । बाँकी रहेको कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । नबिलले ७ वर्षका लागि निष्कासन गरेको ऋणपत्रमा ९ प्रतिशत ब्याज पाइनेछ ।

ऋणपत्रमा पुस ३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा पुस १३ गतेसम्म आवेदन दिन सकिने छ । यसमा न्युनतम २५ देखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कामना सेवा विकास बैंकको वित्तीय साक्षरतामुलक प्रभातफेरी

काठमाडौं । कामना सेवा विकास बैंकले १८ औं वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न कार्यक्रम अन्तर्गत सोमवार …

प्रतिकृया दिनुहॊस