व्यारेकमै करेण्ट लागेर सेनाको मृत्यु

काठमाडौं । नुवाकोटमा सेनाको व्यारेकभित्रै करेण्ट लागेर एक जना सैनिकको मृत्यु भएको छ । बिदुर नगरपालिका-६ देवीघाट जलविद्युत केन्द्र परिसरमा रहेको सेनाको व्यारेकमा शनिबार बेलुकी करेण्ट लाग्दा कार्यरत सेनाको मृत्यु भएको हो ।

लापरवाहीपूर्ण छोडिएको करेण्ट लाग्दा सेनाको जवरजंग गण, देबीघाट ब्यारेकमा कार्यरत हवल्दार रामेछापको लिखु तामाकोसी गाउँपालिका-६ का ३२ वर्षीय रामकुमार कार्कीको मृत्यु भएको हो । करेन्ट प्रवाहित तारमा छोएको बाँसमा छुँदा सख्त घाइते भएका कार्कीलाई उपचारका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूली लैजादै गर्दा ज्यान गएको स्थानीयको भनाई छ ।

कार्कीको शव पोष्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ । घटनाको विवरण नेपाली सेनाको जवरजंग गणले वास्तविकता बताउन चाहेको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्री प्रचण्डले आजै बालुवाटार छाड्ने

काठमाडौं । प्रधानमन्त्री बन्नुअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ बस्दै आएको खुमलटारस्थित निवासको सरसफाइ सुरु गरिएको छ …

प्रतिकृया दिनुहॊस