गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । गत मंगलबार राति गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, बाँसबारीमा भर्ना भएका श्रेष्ठ आज डिस्चार्ज भएका गृहमन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

उनको मुटुको नशा खुम्चिएको थियो । नशाको एन्जियोप्लास्टी सर्जरी गरि उनी डिस्चार्ज भएका गृहमन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए । गृहमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए । मन्त्री श्रेष्ठको उपचारमा केन्द्रका चिकित्सक डा.अरुण मास्केसहितको चिकित्सकको टोलीले उपचार गरेको थियो ।

मन्त्री श्रेष्ठलाई स्वास्थ्य लाभको कामना गर्न अस्पतालमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलगायत पुगेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ह्वात्तै बढ्यो सुनको मूल्य, बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । …

प्रतिकृया दिनुहॊस