धनगढी । कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको छ । सोमबार राति सवा १० बजे कृष्णपुर नगरपालिका-४ को भित्री सडकखण्डमा सुपप्र ०१०१०प३८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका पछाडि सवार धनगढी उपमहानगरपालिका-१९ बस्ने २२ वर्षीय रविन चौधरीको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा बुधबार मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक कृष्णपुर नगरपालिका-४ का २५ वर्षीय घुम्मन राना र पछाडि सवार धनगढी उपमहानगरपालिका-६ बस्ने २० वर्षीय महेश चौधरीको धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया




