चित्लाङ केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प

काठमाडौं । मकवानपुरको चित्लाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । बिहीबार बिहान १ बजेर १९ मिनेट जाँदा मकवानपुरको चित्लाङआसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का मकवानपुरका विभिन्न ठाउँ, काठमाडौं र आसपासका जिल्लामा समेत महसुस भएको छ । यसअघि गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्द्र भएर शक्तिशाली भूकम्प गएको थियो । सो भूकम्पबाट ठुलो धनजनको क्षति भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नआत्तिनुहोस्, आर्थिक सुधारको काम हुँदैछ : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताएका छन् । विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले देशको आर्थिक सुधार र संविधान संशोधनका विषयमा छलफल भइरहेको बताएका हुन् ।

प्रतिकृया दिनुहॊस