हेटौंडामा ट्रकको ठक्करबाट महिलाको मृत्यु

हेटौंडा । मकवानपुरको हेटौंडामा आइतबार ट्रकले ठक्कर दिँदा एक महिला पैदल यात्रीको मृत्यु भएको छ। हेटौँडा–६ चौघडामा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको प्रहरीको भनाइ छ।

ट्रकको ठक्करबाट हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६, चौघडाकी ३६ वर्षीय निरा बजगाईँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बजागाईंलाई कान्ति लोक पथअन्तर्गत हेटौंडा-६ स्थित शान्ति टोलमा हेटौंडा शिवम् सिमेन्ट फ्याक्ट्रीबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना.७ ख १८१६ ट्रकले ठक्कर दिएको थियो। बजगाईँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बजगाईँको मृत्युपछि आक्रोशित बनेका स्थानीयले कान्ति लोक पथ सडक अवरुद्ध पारेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नसक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds