मंसिर ९ गते तेस्रो आइएडब्ल्युआरटी नेपाल इन्टरनेशनल वुमेन्स फिल्म्स फेस्टिभल हुने

काठमाडौँ । इन्टरनेशनल एसोसिएसन अफ वुमेन इन रेडियो एण्ड टेलिभिजनको आयोजनामा मंसिर ९ गते तेस्रो आइएडब्ल्युआरटी नेपाल इन्टरनेशनल वुमेन्स फिल्म्स फेस्टिभल हुने भएको छ । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो ।

नेपाल चलचित्र विकास बोर्डको हलमा हुने फेस्टिभलमा अन्तर्राष्ट्रिय महिला चलचित्र निर्देशकहरूको उपस्थिति रहनेछ । महोत्सवमा नेपाल लगायत विभिन्न देशका महिला निर्देशकहरूको सहभागिता रहनुकासाथै विभिन्न महिला निर्देशकहरुले निर्देशन गरेका सिनेमाहरू प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

महोत्सवमा आईएडब्ल्युआरटी नेपाली सर्ट मुभी कम्पिटिशनका विजेताहरूलाई अवार्ड प्रदान गरिनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘मेरो देश डुब्यो’ भन्दै शिशिर योगी

काठमाडौं । लोकप्रिय गायक तथा सर्जक शिशिर योगीको स्वरमा रहेको गीत ‘मेरो देश डुब्यो’ सार्वजनिक …

प्रतिकृया दिनुहॊस