काठमाडाैं । देशभरका सबै खोलानालाबाट बग्ने पानी र विद्युत्को अवस्थाबारे विस्तृत जानकारी दिने एनपावर र एनवाटर नामक मोबाइल एप्लिकेसन (एप्स) बन्ने भएका छन्।
राष्ट्रिय योजना आयोगले स्थानीयदेखि केन्द्रीय तहसम्मका योजनाहरू निर्माणमा सहजीकरणका लागि दुई एप्स निर्माण गर्न लागेको हो। यो खबर आजको कारोबार दैनिकमा भीम गाैतमले लेखेका छन्।
‘कुन खोलामा कति पानी छ भन्ने देखि कुन ठाउँसम्म कतिभ विद्युतीकरण भएको भन्ने सम्मका विस्तृत विवरण दिने गरी एप्स बनाउन लागिएको आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले जानकारी दिए।
तपाईंको प्रतिकृया




