काठमाडौं । नेपाल बैंक लिमिटेडले सालतै प्रदेशमा दरखास्त आह्वान गरेको छ । बैंकका अनुसार लोकसेवा आयोगको सहमति अनुसार २०७५\७६ का लागि रिक्त दरबन्दी आह्वान गरेको जनाएको छ ।
बैंककाअनुसार सहायक प्रबन्धकमा खुला, महिलालगायत ७८ जनाको पद रिक्त रहेको जनाएको छ भने सहायक प्रबन्धक (आईटीमा) दुई जनाको दरखास्त आह्वान गरिएको छ । सहायक प्रबन्धकमा मान्यताप्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन वा अर्थशास्त्रमा स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने जनाइएको छ ।
बैंकले सहायक पदका लागि प्रदेश एकबाट ४१ जनाको दरखास्त आह्वान गरेको छ । कनिष्ठ सहायक पदमा नौ जनाको माग छ । प्रदेश दुईमा ५१ जना सहायक र नौ जना कनिष्ठ सहायकको माग छ । प्रदेश ३ मा क्रमशः ५८ सहायक र १५ कनिष्ठ सहायक माग गरिएको छ । गण्डकी प्रदेशमा ३४ सहायक र पाँच कनिष्ठ सहायकको माग छ । बैंकले प्रदेश पाँचमा ३४ सहायक र ५ कनिष्ठ सहायकमाग गरेको छ । कर्णाली प्रदेशमा २० सहायक र तीन कनिष्ठ सहायकको माग छ ।
त्यस्तै सुदूरपश्चिम प्रदेशमा पनि २० सहायक र तीन कनिष्ठ सहायक माग गरिएको छ । दरखास्त कार्तिक १६ गतेदेखि मंसिर ६ गतेसम्म दिन सकिने छ । त्यस्तै दरखास्त अनलाइमार्फत समेत दरखास्त दिन सकिने छ । अनलाइनबाट दरखास्त दिँदा आफूले चाहेको प्रदेश राख्न सकिने बैंकले जनाएको छ । परीक्षा सबै प्रदेशमा एकै मिति र समयमा सञ्चालन हुनेसमेत बैंकले जनाएको छ ।




