धनुषाका एसपी विश्वराज खड्काको जिम्मेवारी खोसियो

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले धनुषाका प्रहरी प्रमुख विश्वराज खड्कालाई फिर्ता बोलाएको छ । खड्कालाई जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको हो ।

धनुषामा मृत अवस्थामा फेला परेकी आरती साहको परिवारले खड्कालाई त्यहाँबाट हटाएर कारबाही गर्न माग गर्दै माइतीघरमा धर्ना बसिरहेका छन् । खड्का २०७९ पुस १२ मा धनुषामा सरुवा भएका थिए । सोमबार गृह मन्त्रालयले आरती साहको परिवारलाई वार्तामा आउन आग्रह गरेको थियो ।

संवादका लागि साहको परिवारले धनुषाका एसपीलाई हटाउनुपर्ने सर्त राखेसँगै उनलाई जिम्मेवारी मुक्त गरिएको हो । आरती जेठ ७ गते आफ्नै घरमा मृत भेटिएकी थिइन् । यस प्रकरणमा पक्राउ परेका आरतीका श्रीमान् र ससुरा मुद्दा पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भारतकोसहित नेपालमा तीन मौसमी प्रणाली : यस्तो छ तीन दिनको पूर्वानुमान

काठमाडौं । देशभर स्थानीय वायु, पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । यसका अतिरिक्त भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहॊस