सस्तियो सुन, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १५ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा चार सय रुपैयाँले घट्दै १ लाख १५ हजार रुपैयाँमा झरेको हो ।

तेजाबी सुनको मूल्य समेत तोलामा चार सय रुपैयाँले नै घट्दै १ लाख १४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घट्दै १ हजार ४ सय ५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सगरमाथा जलविद्युत् कम्पनीका सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने प्रस्ताव

काठमाडौं । सगरमाथा जलविद्युत् कम्पनीका सेयरधनीले ५ प्रतिशत लाभांश पाउने भएका छन्। कम्पनीको बिहीबार बसेको …

प्रतिकृया दिनुहॊस