सस्तियो सुन, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १५ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा चार सय रुपैयाँले घट्दै १ लाख १५ हजार रुपैयाँमा झरेको हो ।

तेजाबी सुनको मूल्य समेत तोलामा चार सय रुपैयाँले नै घट्दै १ लाख १४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घट्दै १ हजार ४ सय ५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री