भूकम्प पीडितलाई मीनबहादुरले गरे एक करोड ११ लाख सहयोग

काठमाडौं । भाटभटेनीका प्रबन्ध निर्देशक एवं सञ्चालक मीनबहादुर गुरुङले जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि घोषणा गरेको १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेका छन् । सञ्चालक गुरुङले भाटभटेनीका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेका हुन् ।

गुरुङले पत्नी सावित्री गुरुङ सहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भटेर उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । उनले भाटभटेनीका तर्फबाट भूकम्प पीडितलाई खाद्य सामग्री पनि प्रदान गर्ने निर्णय भएको समेत प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।

शुक्रवार राति ११ः४७ बजे जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो । ६.४ म्याग्नेच्युडको भूकम्प जाँदा हालसम्म १५७ जनाको मृत्यु भइसकेको छ भने १७० जना घाइते भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सगरमाथा जलविद्युत् कम्पनीका सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने प्रस्ताव

काठमाडौं । सगरमाथा जलविद्युत् कम्पनीका सेयरधनीले ५ प्रतिशत लाभांश पाउने भएका छन्। कम्पनीको बिहीबार बसेको …

प्रतिकृया दिनुहॊस