पार्वती ऐडी
बझाङ । जिल्ला सदरमुकाम चैनपुरस्थित सेती नदीमा डुवेर एक शसत्र प्रहरी जवान बेपत्ता भएका छन् । नुहाउने क्रममा कञ्चनपुरको बेलौरी नगरपालिका घर भइ बझाङमा कार्यरत २२ वर्षीय प्रहरी जवान राजेन्द्र बुढा वेपत्ता भएका हुन् ।
बुढा दिउँसो पौने १ बजेतिर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । प्रहरी र नेपाली सेनाले बेपत्ता प्रहरी जवान बुढाको खोजी कार्य जारी राखेको छ । कार्तिक १३ गते मात्रै जिल्लाको शान्ति सुरक्षाका लागी भन्दै शसस्त्र प्रहरीको टोली बझाङ आएको थियो ।
तपाईंको प्रतिकृया




