ज्योति विकास बैंकको नाफा ४० प्रतिशतले बढ्यो

काठमाडौं । ज्योति विकास बैंकको नाफा नाफा ४० प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ८१ लाख १९ हजार रुपैयाँले बढेको छ । बैंकले गत आवको सोही अवधिको तुलनामा नाफा ४० प्रतिशतले बढाउन सफल भएको छ ।

बैंकको नाफा ६ करोड ३३ लाख पुगेको छ । नाफा गत वर्षको पहिलो त्रैमासमा ४ करोड ५२ लाख रुपैयाँ थियो । बैंकको चुक्ता पुँजी २ अर्ब ५९ रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा ३५ करोड रुपैयाँ छ ।बैंकले चालू आवको पहिलो त्रैमाससम्मा २१ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । यो निक्षेप अघिल्लो वर्ष ११अर्ब ३० करोड रुपैयाँ मात्रै थियो ।

यो अवधिमा बैंककले गरेको ऋण लगानी १७ अर्ब ७७ करोड रुपैयाँ रहेको छ यस्तो ऋण लगानी गत आवको सोही अवधिमा ९ अर्ब ९८ करोड रुपैयाँ थियो । यसको लगानी ९३ करोड रुपैयाँ छ । बैंकले चालू आवको पहिलो त्रैमासमा कमाएको व्याज आम्दानी ६५ करोड १३ लाख रुपैयाँ रहेको छ भने यसवापतको खर्च ४४ करोड १५ लाख रुपैयाँ रहेको पनि उल्लेख छ ।

बैंकको खराब कर्जा अनुपात०.३९ प्रतिशत छ । यसको सीडी रेसियो ७६.३९ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी ९.८७ रुपैयाँ छ भने प्रति शेयर नेटवर्थ ११३.५१ रुपैयाँ रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री