सरकारले तोक्यो सय नयाँ पर्यटकीय गन्तव्य, तपाईँको जिल्लाका कुन-कुन क्षेत्र परे? हेर्नुहोस् सूची

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि एक सय वटा नयाँ पर्यटकीय गन्तव्य छनोट गरको छ । मन्त्रालयले नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकार र सरोकारवालाबाट सिफारिस भएको र आवेदन परेको गन्तव्यको आधारमा थप एक सय वटा नयाँ गन्तव्य छनोट गरेको हो ।

मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायका अनुसार नयाँ पर्यटकीय गन्तव्यका लागि ६ सयभन्दा बढीको आवेदन परेको थियो । आवेदन परेका गन्तव्य तथा प्रदेश र स्थानीय सरकारले दिएको सुझाव र मन्त्रालयले गरेको अध्ययनको आधारमा नयाँ गन्तव्य छनोट गरिएकाे हाे । नयाँ एक सय गन्तव्य छनोट कार्यले सन् २०२० मा मनाउन लागिएको ‘नेपाल भ्रमण वर्ष’मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई सहयोग पुगोस् भनी यो योजना अगाडि सारेको मन्त्रालयले जनाएको छ ।

सरकारले २०२५ सम्म देशको अर्थतन्त्रको कुल हिस्सामा पर्यटनको योगदान २५ प्रतिशत पुर्‍योउने लक्ष्यसहित थप सय गन्तव्य छनोट गरेको उपाध्यायले बताए । सरकारले बजेटमार्फत नै नयाँ सय गन्तव्य छनोटका लागि ५० करोड रुपैयाँ विनियोजन गरेको थियो ।

सूची हेर्न यहाँ क्लिक गर्नुहोस् 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस नेताहरुसँगको छलफलपछि प्रधानमन्त्रीको राष्ट्रपति पौडेलसँग भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेट गरेका छन् । आइतबार …

प्रतिकृया दिनुहॊस