काठमाडौं । प्रभु बैंकको नयाँ शाखा चन्द्रागिरी नगरपालिका स्थित थानकोटमा संचालनमा आएको छ । उक्त शाखा उद्घाटन बागमती पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष अच्युतबहादुर खडकाले गरे ।
थानकोटमा रहेको नेपाल आयल निगमको डिपोलाई मध्येनजर गरी बैंकले थानकोट शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।
बैंकको शाखा कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बागमती पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष खडकाले पेट्रोलियम पदार्थको कारोबार गर्ने डिलर्सहरुले आयल निगमलाई दिनुपर्ने रकम प्रभु बैंकको थानकोट शाखामा रहेको नेपाल आयल निगमको खातामा जम्मा गर्न सकिने हुँदा व्यवसायीहरुलाई सहज भएको बताए ।
सञ्चालनमा आएको बैंकको थानकोट शाखा कार्यालयबाट बागमती अञ्चल भरीका पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीहरु, अन्य सर्वसाधारणहरु र उद्यमी व्यवसायीहरुले पनि आप्mनै टोल छिमेक मै रहेको प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा सहज रुपमा उपभोग गर्न सक्ने छन् ।



