काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड १ को खुद सम्पतिको मुल्य गत महिनाको अवधिभन्दा शुन्य दशमलव १२ प्रति इकाई बढेर १० दशमलव ५२ प्रति इकाई रहेको छ । अघिल्लो महिनामा १० दशमलव ४० प्रति इकाई थियो ।
सिटिजन्स म्युचुअल फण्डले २६ करोड ८६ लाख रुपैयाँ शेयर लगानी गरेको छ ।
अघिल्लो महिनामा २० करोड ४७ लाख रुपैयाँ गरेको थियो । कम्पनीको बैक मौज्दात ४० करोड ४ लाख रुपैयाँ रहेको छ भने अन्य सम्पत्ति घटेर ५ लाख रुपैयाँ रहेको छ ।
सुचिकृत धितोपत्रमा भएको लगानीमा वाणिज्य बैंकमा सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयर ४२ हजार ८ सय ६१ कित्ता, हाइड्रोपावरमा सबैभन्दा बढी बुटवल पावर कम्पनीको ६ हजार २ सय ६५ कित्ता, डेभलपमेण्ड बैंकमा सबैभन्दा बढी ज्योति विकास बैंकको ३३ हजार ५ सय ८६ कित्ता, लघुवित्तमा सबैभन्दा बढी फस्र्ट माइक्रोफाइनान्सको १९ हजार ६२१ कित्ता र इन्स्योरेन्समा सबैभन्दा बढी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको २० हजार ५२७ कित्ता शेयरहरु छन् ।




