जनता बैंकद्धारा भारतबाट रेमिट्यान्स सेवा सुरु

काठमाडाैं ।   जनता बैंक नेपालले भारतबाट रेमिट्यान्स सेवा संचालनमा ल्याएको छ । ‘‘जनता रेमिट’’ मार्फत भारतमा रहेका ग्राहकहरुले रेमिट्यान्स सेवा प्राप्त गर्न सक्नेछन् ।

एक्सिस बैंक, भारत र जनता बैंक नेपाल लिमिटेडबीच भएको संझौताअनुसार अब भारतमा रहेका नेपालीहरुले जनता रेमिट मार्फत आफ्नो खातामा पठाउन सक्नेछन् ।

रेमिट्यान्स कारोवारको लागिएक्सिस बैंकको भारत भरी रहेका ३५०० शाखाहरुमार्फत जनता रेमिटमा पैसा पठाउन सकिने बैंकले जनाएको छ ।  रेमिट, आईपे रेमिट, बूम रेमिट, जिएमई रेमिट र सेवा रेमिटबाट समेत भुक्तानी लिन सकिनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री