दसैँमा के.जी इन्टरकन्टिनेन्टलको मोटरसाइकल ‘एक्सचेन्ज र छुट’ अफर सार्वजनिक

काठमाडौँ । के.जी इन्टरकन्टिनेन्टलको प्रा.ली काठमाडौँले दसैँ अफर सञ्चालनमा ल्याएको छ । यो अफर आश्विन २२ गते देखि कात्तिक ३ गतेसम्म सञ्चालनमा रहने प्रा.लीका जनरल म्यानेजर प्रमीला खत्रीले जानकारी दिइन्।

एक्सचेन्ज पुरानो मोटरसाइकल तथा स्कुटरको बजार मूल्य भन्दा १५ हजार रुपैयाँ थप मूल्याङ्कन हुनेछ भने नगद छुट ५० हजार रुपैयाँ हुनेछ ।

१२ दिनसम्म चल्ने उक्त अफर सहितको एक्सचेन्ज क्याम्पमा सहभागी भएर लाभ लिन प्रा.लीले सम्पूर्ण मोटरसाइकल पारखीलाई आह्वान गरेको छ । यो बाइक १८३ सिसी बजारमा उपलब्ध छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनएमबि डिजिटल खेती कर्जाका लागि त्रिपक्षीय सम्झौता

काठमाडौं । एनएमबि बैंक, डीभी एक्सेलस प्रालि (खेती एप) र बागमती गाउँपालिका मकवानपुर बीच त्रिपक्षीय …

प्रतिकृया दिनुहॊस