काठमाडाैं । नबिल सेक्यूरिटिज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा नियुक्त भएका छन् । उनी नबिल बैंक लिमिटेडको सहायक कम्पनी रहेको नबिल सेक्यूरिटिजमा चार वर्षको लागि सिइओमा नियुक्त भएका हुन् ।
सेक्यूरिटिजको संचालक समितिले आज (२०८० असोज २१ गते)देखि लागु हुनेगरि चार वर्षकोलागि कार्यकारी प्रमुखमा नियुक्त गरेको हो । करिब दुई दशक लामो बैकिङ्ग क्षेत्रको अनुभव हासिल गरेका देवकोटा यसअघि नबिल बैंकको प्रमुख लगानी अधिकृतको रुपमा कार्यरत रहेका थिए ।
उनीसँग नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, नेपाल लेखामान बोर्ड, देवकोटाले नेपाल ग्रामीण विकास बैंक, आईएमई जनरल इन्स्योरेन्स लगायतका संस्थाहरुमा काम गरेका अनुभव छ ।
प्रतिकृया दिनुहॊस