प्रभु क्यापिटलले गर्‍यो ‘प्रभु बिग सट’ सेवा सार्वजनिक

काठमाडाैं । प्रभु क्यापिटल लिमिटेडले आश्विन १९ गते पन्ध्रौ साधारण सभाको अवसर पारेर “प्रभु विग सट” नामक लगानी व्यवस्थापन सेवा सार्वजनिक गरेको छ ।

हालको लगानी व्यवस्थापन सेवा साधारण जनतालाई मात्र केन्द्रित भएको जनाउदैं उक्त लगानी व्यवस्थापन सेवा भने (उच्च नेटवर्थ) भएका व्यक्ति तथा संस्थाहरुलाई केन्द्रित भएको क्यापिटलले जनाएको छ । उच्च पदस्त व्यक्तिहरुको समय व्यस्तता हुने र लगानीमा उचित समय दिन नसकिने समस्यालाई मध्ये–नजरमा राखी सो योजना क्यापिटलले सुरुवात गरेको छ ।

यो योजनाको विशेषता निम्न अनुसार रहेको छः
न्यूनतम लगानीः ५० लाख
न्यूनतम लगानी अवधिः ३ वर्ष
ह्र्डल रेटः ८ प्रतिशत

वार्षिक व्यवस्थापन शुल्क (एएमसी): १ प्रतिशत
मुनाफामा लाग्ने शुल्कः १५ प्रतिशत

लगानीकर्ताले ५० लाख रुपैयाँबाट यो लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् । ५० लाख रुपैयाँ लगानीकर्ताले क्यास, आफ्नो शेयर पोर्टफोलियो, अथवा क्यास र शेयर पोर्टफोलियो मिक्स गरी लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् । एचबदजग द्यष्न क्जयत लगानी व्यवस्थापन सेवामा आबद्ध भई ग्राहकहरुले विशेष प्रीमियम प्याकेजको लाभ समेत लिन सकिने क्यापिटलले जनाएको छ ।

विशेष प्रिमियम प्याकेज अन्तर्गत ग्राहकको एकाघर घर परिवारका सदस्यहरुलाई आजीवन निःशुल्क डिम्याट खाता, क्यापिटलको अन्य लगानी व्यवस्थापन योजनाहरुमा वार्षिक शुल्क तथा मुनाफामा लाग्ने शुल्कमा ५० प्रतिशत छुट र निःशुल्क लगानी सम्बन्धि परामर्श तथा उत्कृष्ट कम्पनीहरुको संस्थापक शेयरमा लगानीको प्रस्ताव तथा अवसर प्रदान गरिनेछ ।

साथै यो सेवा बजारको समय सापेक्ष ल्याइएको तथा नेपालीहरुको महान चाड दशैँ, तिहार तथा छठको अवधि भित्र यस योजना संग जुडिने लगानीकर्ताहरुलाई योजनामा लाग्ने शूल्कमा थप छुटको व्यवस्था समेत गरिएको छ । क्यापिटलले ग्राहकको सेवालाई प्राथमिकतामा राखि अभिनव प्रकारका योजनाहरु संचालन गरि रहेको छ ।

क्यापिटलका अनुसार लगानी व्यवस्थापन सेवा योजनामा संलग्न भएका सेवाग्राहीले दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण ई-मेल मार्फत पाउने व्यवस्था प्रदान गरिरहेको छ । ग्राहकले प्रभु क्यापिटलको डिजिटल एप मार्फत पनि आफ्नो पोर्टफोलियो दैनिक हेर्न सक्ने सुविधा शुरु गरिसकेको क्यापिटलले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनएमबि डिजिटल खेती कर्जाका लागि त्रिपक्षीय सम्झौता

काठमाडौं । एनएमबि बैंक, डीभी एक्सेलस प्रालि (खेती एप) र बागमती गाउँपालिका मकवानपुर बीच त्रिपक्षीय …

प्रतिकृया दिनुहॊस