डिशहोमको सुपरस्टार बन्दै बुकबहादुरले जिते १ लाख, रिसोर्टमा बासको व्यवस्था सित्तैमा

काठमाडाैँ । बुकबहादुर तामाङ डिशहोम सुपरस्टार बनेका छन् । डिशहोमको रिचार्ज गर्दा तामाङले एक लाख पुरस्कारसहित सम्मान पनि पाएका हुन् ।

‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजनाअन्तर्गत दोस्रो हप्ताको पुरस्कार तामाङले प्राप्त गरेका हुन् । चापागाउँमा डिश मिडिया नेटवर्कले बाजागाजासहित एक कार्यक्रमको आयोजना गरी सम्मानसहित पुरस्कार रकम प्रदान गरेको छ ।

तामाङले चापागाउँको शिवानी इलेक्ट्रोनिक्सबाट रिचार्ज गरेका थिए । रिचार्ज कार्ड बेच्ने डिलर दाइअन्तर्गत शिवानी इलेक्ट्रोनिक्सले १० हजार पाएको छ । डिश मिडिया नेटवर्कले तामाङ सहितको परिवारलाई एक रात रिसोर्टमा राखी बिदाइ गर्नेछ ।

डिशहोमले दशैं–तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान सञ्चालन गरिरहेको छ । योजनाअन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरूले हरेक हप्ता लक्की ‘ड्र’मार्फत नगद एक लाख प्राप्त गर्ने, मिडियामा छाउनेसँगै सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् ।

यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् । जसमा नगद १० लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटीझैं जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । अभियानमा सहभागी हुनका लागि ग्राहकहरूले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनएमबि डिजिटल खेती कर्जाका लागि त्रिपक्षीय सम्झौता

काठमाडौं । एनएमबि बैंक, डीभी एक्सेलस प्रालि (खेती एप) र बागमती गाउँपालिका मकवानपुर बीच त्रिपक्षीय …

प्रतिकृया दिनुहॊस