भारतले पानी थुनिदियो, विद्युत उत्पादन ठप्प

काठमाडाैं । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–७ गुठी सुरजपुरामा रहेको गण्डक जल विद्युत केन्द्रबाट उत्पादन ठप्प भएको छ।

भारतले गण्डक नहरमा पानी बन्द गरेपछि १५मेगावाट क्षमताको विद्युत् उत्पादन ठप्प भएको हो। यो खबर अजको नयाँ पत्रिका दैनिकमा नवलपरासीबाट ज्ञानु पंगेनीले लेखेकी छन्। भारत सरकारले नहर मर्मत र सरसफाईका लागि प्रत्येक वर्ष ४० दिनसम्म पानी रोक्ने गर्ने गरेको छ ।

अहिले २५ अक्टुबरदेखि भारतले नहरमा पानी बन्द गरेपछि उत्पादन हुन छाडेको पावर हाउसका प्रमुख कपिलदेव महाजनले बताए। १५ मेगावाट क्षमता रहेको पावर हाउसबाट पछिल्लो समय चार मेगावाट विद्युत उत्पादन हुँदै आएको थियो । तीन वटा टर्वाइनमध्ये एउटा मात्रै सञ्चालनमा रहको छ । दुई वटा टर्वाइन बिग्रेपछि चार मेघावाट मात्रै विद्युत उत्पादन हुन थालेको हो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कुलमान घिसिङको चेतावनी- १५ दिनभित्र बिल नतिरे फेरि लाइन काट्छु

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणलाई नेपाल सरकारको निर्णय पालन गर्न कानूनी रुपमा बाध्य भएको बताएका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले लिएको निर्णयलाई पालना गर्नु प्राधिकरणको जिम्मेवारी भएको स्पष्ट पारे । उनले विशेष जोड दिँदै भने, 'सरकारको निर्णय पालना गर्नैपर्छ ।'

प्रतिकृया दिनुहॊस