rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

आजको पञ्चाङ्ग
वि.सं. असोज १८, २०८० । ई.सं. 05 Oct, 2023 । शक संवत् १९४५ । नेपाल संवत् ११४३ ञलगा । पिङ्गल दक्षिणायन शरद । बिहीबार आश्विन कृष्णपक्ष । तिथि षष्ठी ०९:०१ बजेसम्म, त्यसपछी सप्तमी । नक्षत्र मृगशिरा २३:४१ बजेसम्म, त्यसपछी आर्द्रा । योग व्यतीपात १०:४५ बजेसम्म, त्यसपछी वरियान् । करण वणिज ०९:०१ बजेसम्म, त्यसपछी भद्रा २१:१० बजेसम्म, त्यसपछी वव । चन्द्रराशि वृष । आनन्दादि योग मृत्यु । दिनमान ११:४५ । सूर्योदय ५:५९ । सूर्यास्त १७:४४ । भद्रा ९:१ देखि २१:१० सम्म । सप्तमीश्राद्ध । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अनपेक्षित शुभ समाचारले तपाईंको हौसला बढाउनेछ । मनोरञ्जनमा सहभागिता भइनेछ । परीक्षा र पढाईमा राम्रै सफलता मिल्ला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कला र गलाको प्रभाव बढ्नेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज चुनौतीको सामना गर्नुपर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । बन्न लागेको काम बिग्रनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । व्यापार व्यवसायमा भने औसत लाभ नै हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) तपाईंको आजको दिन अविष्मरणीय सम्झनाहरूले बित्नेछ । राजनीति अधिकारमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज प्रेमीको सहयोग प्राप्त हुनेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । स्वास्थ्यमा सुधार आउला । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) खानपिनमा सजगता अपनाउनु पर्नेछ । मनमा शङ्का उत्पन्न हुनेछ । अनावश्यक धन खर्च हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य क्षेत्रमा प्रगति हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । धार्मिक यात्राको योग पनि छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज लगानीको वातावरण बन्नेछ । मुद्दा मामिलामा सफलता पाइनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । वित्तिय संस्था बाट सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आफ्नो काममा आफ्नै व्यक्तिहरूले बाधा पार्नेछन् । स्वास्थ्य संवेदनशील रहने देखिन्छ, तर वैदेशिक कामहरू सहजै अघि बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । सेयरबजारबाट पनि लाभ मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अब चुनाव एक्लै लडेर गल्ती सच्याउन चाहन्छौं : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो अब कसैसँग गठबन्धन नगरेर एक्लै चुनाव लडेर विगतमा गरिएको गल्ती सच्याउने बताएका छन् । काठमाडौंमा शनिबार माओवादी केन्द्रले गरेको खबरदारी सभामा उनले विगतमा कांग्रेस, एमाले जस्ता बेइमान दलसँग मिल्नु गल्ती भएकाले अब त्यसलाई सच्याउन चाहेको बताए ।

प्रतिकृया दिनुहॊस