राष्ट्रिय सुरक्षा परिषद्‍मा साम्प्रदायिक असहिष्णुता बढाउने घटना नियन्त्रणबारे छलफल

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को पाँचौँ वार्षिक प्रतिवेदन स्वीकृत गरिएको छ । बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले पाँचौँ वार्षिक प्रतिवेदन स्वीकृत गरी राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय सुरक्षा परिषद्ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्ला केही दिनहरुमा देशका केही स्थानहरुमा धार्मिक, साम्प्रदायिक असहिष्णुता बढाउने प्रकृति भएका गतिविधिहरु, विभिन्न प्रदेशहरुको सुरक्षा स्थिति, बढ्दो सामाजिक सञ्जालको दुरुपयोग लगायतका राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषय र घटनाहरु तथा त्यसको समाधान र न्यूनीकरणका लागि अपनाउनु पर्ने भावी रणनीति सम्बन्धी विषयमा समेत छलफल भयो ।’

बैठकमा वर्तमान अन्तर्राष्ट्रिय क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरण सम्बन्धी समीक्षा भएको परिषद्ले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री, अर्थमन्त्री, परराष्ट्रमन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, मुख्य सचिव, प्रधान सेनापति र रक्षा सचिवको उपस्थिति रहेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अब चुनाव एक्लै लडेर गल्ती सच्याउन चाहन्छौं : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो अब कसैसँग गठबन्धन नगरेर एक्लै चुनाव लडेर विगतमा गरिएको गल्ती सच्याउने बताएका छन् । काठमाडौंमा शनिबार माओवादी केन्द्रले गरेको खबरदारी सभामा उनले विगतमा कांग्रेस, एमाले जस्ता बेइमान दलसँग मिल्नु गल्ती भएकाले अब त्यसलाई सच्याउन चाहेको बताए ।

प्रतिकृया दिनुहॊस